Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

सन नेपाल लाइफको ४४ प्रतिशतले बढ्यो नाफा, प्रतिशेयर आम्दानी कति ?

सन नेपाल लाइफको ४४ प्रतिशतले बढ्यो नाफा, प्रतिशेयर आम्दानी कति ?


  • 806
    Shares

    • images
    सन नेपाल लाइफको ४४ प्रतिशतले बढ्यो नाफा, प्रतिशेयर आम्दानी कति ?

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२\८३ को प्रथम त्रैमास (साउन-असोज)को वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले २३ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। 

    अघिल्लो आर्थिक वर्षको असोजसम्म कम्पनीले १६ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा ४४.०२ प्रतिशतले बढेको छ।

    चालु वर्षको असोजसम्म कम्पनीको जीवन बीमा कोषमा १० अर्ब ४१ करोड ९५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार २४.७२ प्रतिशतले बढेको छ।

    कम्पनीले १ अर्ब ८ करोड ३४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन ६.७४ प्रतिशतले घटेको छ। कम्पनीको महाविपत्ति कोषमा २२ करोड ८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब २५ करोड ९७ लाख रुपैयाँ रहेको छ । 

    कम्पनीले चालु वर्षको असोजसम्म १ अर्ब ४ करोड १४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ०.८९ प्रतिशतले बढेको छ। हाल कम्पनीको शेयरपुँजी ५ अर्ब ३ करोड १२ लाख रुपैयाँ रहेको छ ।

    कम्पनीको प्रतिशेयर आम्दानी बढेर १८.९५ रुपैयाँ कायम भएको छ भने पीई रेसियो २२.५६ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १६१.८९ रुपैयाँ रहेको छ।

     

    प्रकाशित मिति :मंसिर १ २०८२ सोमवार - १३:१७:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij