Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

नाफासँगै बढ्यो हिमालयन रि इन्स्योरेन्सको प्रतिसेयर आम्दानी

नाफासँगै बढ्यो हिमालयन रि इन्स्योरेन्सको प्रतिसेयर आम्दानी


  • 379
    Shares

    नाफासँगै बढ्यो हिमालयन रि इन्स्योरेन्सको प्रतिसेयर आम्दानी
    images

    काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२\८३ को पहिलो तीन महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीले २४ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। 

    अघिल्लो वर्षको यही अवधिमा कम्पनीले २२ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ८.५८ प्रतिशतले बढेको छ।

    चालु वर्षको पहिलो ३ महिनामा कम्पनीले १ अर्ब ११ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ४.९० प्रतिशतले बढेको छ।

    चालु वर्षको असोजसम्म कम्पनीले शेयर प्रिमियममा शीर्षकमा ३ अर्ब १२ करोड २७ लाख रुपैयाँ सञ्चित गरेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म शेयर प्रिमियममा ३ अर्ब १२ करोड २७ लाख रुपैयाँ नै थियो।

    समीक्षा अवधिमा कम्पनीले १ अर्ब १ करोड १० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन ९.३६ प्रतिशतले बढेको छ । कम्पनीको शेयर पुँजी १० अर्ब ८६ करोड ८० लाख रुपैयाँ रहेको छ भने स्पेसल रिजर्भमा २ अर्ब १३ करोड १९ लाख रुपैयाँ, महाविपत्ति कोषमा २१ करोड ४५ लाख रुपैयाँ रहेको छ । 

    कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी बढेर ९.०५ रुपैयाँ कायम छ। प्रतिशेयर नेटवर्थ १५४.९८ रुपैयाँ रहेको कम्पनीको पीई रेसियो ८४.९३ गुणा रहेको छ। कम्पनीको रिटेन्ड अर्निङमा ९७ करोड २९ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटी ५५ करोड ६ लाख रुपैयाँले ऋणात्मक रहेको छ। 

    प्रकाशित मिति :कार्तिक ३० २०८२ आइतवार - १२:४१:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij