Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता सूचीमा नाम दर्ता सुरु

राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता सूचीमा नाम दर्ता सुरु


  • 1.0K
    Shares

    • images
    राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता सूचीमा नाम दर्ता सुरु

    काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय परिचयपत्रको आधारमा पनि मतदान गर्न पाइने भएको छ । 

    यस सम्बन्धि व्यवस्थाको शुभारम्भ बिहीबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गरेका छन् । निर्वाचन आयोगले मतदातालाई सहजता प्रदान गर्न यस्तो व्यवस्था गरेको हो।

    यही ३० कात्तिकसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था छ। मतदाता नामावलीमा नाम दर्ता गर्ने समय सकिन लाग्दा थपिने नयाँ मतदाताको संख्या पनि बृद्धि हुँदै आएको निर्वाचन आयोगले जनाएको छ।

    छलफलको क्रममा आयोगले बिहीबारबाटै राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा पनि मतदाता नामावलीमा समावेश गर्ने प्रक्रिया सुरु गर्न लागिएको जानकारी गराएको थियो।

     

    प्रकाशित मिति :कार्तिक २७ २०८२ बिहिवार - १३:०६:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij