Logo

२०८३ बैशाख १२ गते शनिवार

२०८३ बैशाख १२ गते शनिवार

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंककाे लाभांश घाेषणा, नगद कति ?

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंककाे लाभांश घाेषणा, नगद कति ?


  • 1.0K
    Shares

    शाइन रेसुङ्गा डेभलपमेन्ट बैंककाे लाभांश घाेषणा, नगद कति ?

    काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८१\८२ का लागि लाभांश घोषणा गरेको छ।

    बैंक सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई कुल १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा ३ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।

    बैंकको चुक्तापुँजी ४ अर्ब ८७ करोड ५७ लाख १ हजार ६७९.५४ रुपैयाँ रहेको छ भने वितरणयोग्य मुनाफा ६६ करोड ८५ लाख ५ हजार ४८४.६८ रुपैयाँ रहेको छ।

    नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जानकारी दिएको छ।

     

    images
    प्रकाशित मिति :कार्तिक २३ २०८२ आइतवार - ११:०२:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij