२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको नाफा दोहोरो अंकले घटेको छ ।
बैंकले असोज मसान्तसम्म ३२ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको मुनाफा ३८ करोड २० लाख ८४ हजार रुपैयाँ रहेको थियो ।
बैंकको खुद ब्याज आम्दानीमा सामान्य सुधार भएको छ । असोज मसान्तसम्मको अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब १६ करोड २५ लाख रुपैयाँ रहेको छ भने बैंकको खराब कर्जा ३.९१ प्रतिशत रहेको बैंकको खराब कर्जा अहिले ३.८० प्रतिशत कायम भएको छ ।
हाल बैंकको चुक्तापूँजी १४ अर्ब ८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ६१ करोड रुपैयाँ छ। बैंकको सञ्चालन मुनाफा पनि ५३ करोड ९५ लाख रुपैयाँबाट घटेर साढे ५० करोडमा खुम्चिएको छ ।
बैंकको प्रतिसेयर आम्दानी १०.६४ रुपैयाँबाट घटेर ९.०३ रुपैयाँमा पुगेको छ । यस अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ भने २१८.०५ रुपैयाँ रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij