Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

कोभिड शङ्कास्पद बिरामीलाई जथाभावी औषधि नदिन आग्रह

कोभिड शङ्कास्पद बिरामीलाई जथाभावी औषधि नदिन आग्रह


  • 8.5K
    Shares

    कोभिड शङ्कास्पद बिरामीलाई जथाभावी औषधि नदिन आग्रह

    सुर्खेत ।  कोभिड–१९ को सङ्क्रमण बढेसँगै निजी क्लिनिक तथा मेडिकलहरूले शङ्कास्पद बिरामीलाई जथाभावी औषधि बिक्री वितरण गरेको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले त्यस्तो नगर्न सचेत गराएको छ । 

    पछिल्लो समय सुर्खेतका केही स्वास्थ्य संस्था र स्वास्थ्य सेवा प्रदायकबाट ज्वरो, रुघा, खोकीका बिरामीलाई विश्वसनीय प्रयोगशालाबाट परीक्षण नगरेरै टाइफाइड ज्वरो भनी नशाबाट एन्टिबायोटिक प्रयोग गरी कोभिडका बिरामीको स्वास्थ्यमा थप जटिलता आएको पाइएकाले कार्यालयले सचेत गराएको हो । कार्यालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीलाई परीक्षण गराई रोगको निदानका लागि समुचित औषधि प्रयोग गर्न गराउनसमेत आग्रह गरेको छ । 

    कार्यालयद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ, “रुघा, खोकी, ज्वरो भएका सर्वसाधारणको कोभिड–१९ को एन्टिजेन वा पिसिआर परीक्षण गरेर मात्र चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहबमोजिम औषधि लिन अनुरोध छ, यदि कोभिड–१९ को उपचार मापदण्ड विपरीत स्वास्थ्य सेवा प्रवाह गरेको पाइएमा जनस्वास्थ्य ऐन तथा नियमावलीबमोजिम स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई कारबाही गरिनेछ ।” 

    स्वास्थ्य सेवा कार्यालयले कोभिड–१९ को परीक्षणको पहुँच बढाउन कार्यालयबाट आइतबार, मङ्गलबार र बिहीबार दिउँसो, वीरेन्द्रनगर नगरपालिका कार्यालय अगाडिबाट सोमबार, बुधबार र शुक्रबार बिहान, स्वास्थ्य सेवा निर्देशनालयको प्रयोगशालाबाट शुक्रबार बिहान तथा प्रदेश अस्पतालमा आइतबारदेखि शुक्रबारसम्म बिहान र सबै स्थानीय तहमा परीक्षणको व्यवस्था मिलाइएको जानकारी दिएको छ । रासस

    प्रकाशित मिति :बैशाख २९ २०७८ बुधवार - १२:५०:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij