Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

गरिमा विकास बैंकको नाफा ११ प्रतिशतले बढ्यो, इपिएस कति ?

गरिमा विकास बैंकको नाफा ११ प्रतिशतले बढ्यो, इपिएस कति ?


  • 274
    Shares

    गरिमा विकास बैंकको नाफा ११ प्रतिशतले बढ्यो, इपिएस कति ?
    images

    काठमाडौं । गरिमा विकास बैंकले चालु आर्थिक वर्ष २०८२\०८३ को पहिलो तिन महिनासम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार तीन महिनामा बैंकको नाफा ११ प्रतिशत बढेको छ ।

    असोज मसान्तसम्म बैंकले २५ करोड ५ लाख ७५ हजार रूपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको कम्पनीले २२ करोड ५७ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

    असोज मसान्तसम्मको अवधिमा बैंकको वितरणयोग्य नाफा ६३ करोड २२ लाख रुपैयाँ रहेको छ भने सञ्चालन नाफा १०.९५ बढेर ३५ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

    बैंकको सञ्चालन नाफा र खुद ब्याज आम्दानी पनि बढेको छ । यस अवधिमा खुद ब्याज आम्दानी १.१९ प्रतिशत बढेर ९९ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।

    बैंकको चुक्तापूँजी ५ अर्ब ६८ करोड ५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६३ करोड २२ लाख रुपैयाँ सञ्चिति रहेको छ । समिक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १७.६४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १६६.३८ रुपैयाँ रहेको छ ।

     

    प्रकाशित मिति :कार्तिक २१ २०८२ शुक्रवार - १३:३३:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij