२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्ष २०८२\८३ को पहिलो तिन महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार चालु आर्थिक वर्षको तीन महिनामा बैंकले ५९ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १५ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यो गत वर्षको तुलनामा ४४ करोडले बढी हो ।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब १७ करोड रुपैयाँबाट बढेर २ अर्ब ९२ करोड ५ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा बैंकको नाफा २९८.८४ प्रतिशत बढेर ८५ करोड २४ लाख रुपैयाँ कायम भएको छ ।
बैंकको सञ्चालन मुनाफा २९८.८४ प्रतिशत बढेर ८५ करोड २४ लाख रुपैयाँ कायम भएको छ भने बैंकको खराब कर्जा ४.२३ प्रतिशतबाट ३.८३ प्रतिशतमा झरेको छ । बैंकको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ३२ पैसा रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij