२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । कुमारी बैंकको चालू आर्थिक वर्ष २०८२\८३ को पहिलो तिन महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक वित्तीय विवरणअनुसार बैंकको खुद नाफा २.०१ प्रतिशत घटेर १ अर्ब ५ करोड ६५ लाख ३१ रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्म बैंकले १ अर्ब ७ करोड ८१ लाख ७७ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी भने ३.७७ प्रतिशत वृद्धि भई २ अर्ब ९१ करोड २० लाख रुपैयाँ कायम भएको छ । बैंकको इम्पेरमेन्ट चार्ज बढेर ४ अर्ब २१ करोड ५३ लाख रुपैयाँ कायम भएको छ । बैंकको संचालन नाफामा ८.११ प्रतिशत गिरावट आएको छ भने समिक्षा अवधिमा बैंकको यस्तो नाफा १ अर्ब ४२ करोड ४० लाख रुपैयाँ कायम भएको छ ।
बैंकको वितरणयोग्य नाफा ३ अर्ब ९१ करोड ९९ लाख रुपैयाँ ऋणात्मक छ । बैंकको खराब कर्जा पनि बढेर ६.९८ प्रतिशत पुगेको छ । बैंकको निक्षेप १.१६ प्रतिशत घटेर ३ खर्ब ६० अर्ब ४० करोड ६६ लाख रुपैयाँ कायम भएको छ । कर्जा प्रवाह भने ३.२५ प्रतिशत बढेर २ खर्ब ६९ अर्ब ४१ करोड ८४ लाख रुपैयाँ कायम भएको छ ।
बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ छ । बैंकले जगेडा तथा कोषमा ११ अर्ब ८५ करोड ७० लाख रुपैयाँ राखेको छ । बैंकको प्रतिसेयर आम्दानी १६.११ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ १४५.२१ रुपैयाँ कायम भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij