Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

पाँच करोड २० लाखको लागतमा गहनापोखरी पुनःनिर्माण सुरु

पाँच करोड २० लाखको लागतमा गहनापोखरी पुनःनिर्माण सुरु


  • 323
    Shares

    पाँच करोड २० लाखको लागतमा गहनापोखरी पुनःनिर्माण सुरु
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाले रु पाँच करोड २० लाखको लागतमा नरः दे (हाँडीगाउँ) मा रहेको गहनापोखरी पुनःनिर्माणको काम सुरु गरेको छ । क्षमा पूजा गरेर थालिएको पोखरीको पुनःनिर्माण २०८३ असोज ३० गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ । 

    “हाँडीगाउँ प्राचीन शैलीमा फर्काउने गुरुयोजनाअन्तर्गत हामीले काम गरिरहेका छौँ,” पुनःनिर्माणका विषयमा वडाध्यक्ष वीरेन्द्र प्रजापती भन्नुहुन्छ, “मौलिकता र सांस्कृतिक पहिचान, पुनःनिर्माणका मुख्य आधार हुन् । विगतमा भएका कमजोरी सच्याउँदै अहिले हामी प्राचीन शैली पछ्याइरहेका छौँ । सांस्कृतिक मूर्त सम्पदाको पुनःस्थापनामा कापाको यो महत्त्वपूर्ण योजना हो ।”

    सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईले भनिन्“कामपाको लगानीबाट सहरले प्राचीनस्वरूप प्राप्त गर्दै छ । यसबाट सबैले गर्व गर्न सक्ने संरचना तयार हुनेछ । हाँडीगाउँ प्राचीन शैलीमा फर्काउने गुरुयोजना अन्तर्गत हामीले काम गरिरहेका छौँ ।” 

    योजनाका सम्पर्क व्यक्ति वरिष्ठ इन्जिनियर रवीन्द्र रिजालका अनुसार पोखरी, त्यसको वरिपरि पैदलमार्ग, हरियाली प्रवर्द्धन र सडक आडमा भएका खाली ठाउँमा फल्चा, खेल्ने ठाउँलगायत संरचना हुनेछन् । त्यसमध्ये १३ हजार वर्ग फिटमा पोखरी निर्माण हुनेछ । पोखरीको वरिपरि ६ फिटदेखि ८ फिटसम्मको पैदलमार्ग हुनेछ । त्यसको बाहिर कालोपत्र सडक छ ।

    यसको बाहिर दक्षिणतर्फ एक सय वर्ग फिट क्षेत्रफलको ३ कवलको एउटा र उत्तरपट्टी ३१७ वर्ग फिट क्षेत्रफल भएको ९ कवलको एउटा फल्चा निर्माण हुनेछ । दक्षिण-पश्चिममा २९६ वर्ग फिट क्षेत्रफलको प्रहरी विट निर्माण हुनेछ । यसको नजिकमा ५९० वर्ग फिट क्षेत्रफल भएको भवन निर्माण हुनेछ । जसको तल्लो तलामा पर्यटक सूचना केन्द्र र माथिल्लो तलामा पुस्तकालय हुनेछ । 

    गहना पोखरीसँग सम्बन्धित लोक कथन 

    गहना खोज्ने जात्रा सञ्चालन हुने पोखरी, कुनै बेला आगो निस्किरहने तलाउ थियो । त्यहाँ सुनको पेटिका प्रकट हुन्थ्यो । 

    त्यो पेटिकालाई कसैले लिने प्रयास गर्‍यो भने ऊ तलाउमा डुब्थ्यो । त्यहाँबाट फर्कनै सक्दैनथ्यो । त्यो पेटिकाको सुन भावी बुद्ध बोधिसत्व मैत्रेयको मुकुटको सुन थियो भन्ने गरिन्छ । यसलाई अग्निवमन गर्ने नागहरूले सुरक्षा दिएर राखेका थिए । 

     

    प्रकाशित मिति :कार्तिक १९ २०८२ बुधवार - १३:४३:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij