Logo

२०८२ फाल्गुण २७ गते बुधवार

२०८२ फाल्गुण २७ गते बुधवार

सिटिजन्स बैंकले लाभांश पारित गर्न बोलायो १९ औं वार्षिक साधारण सभा

सिटिजन्स बैंकले लाभांश पारित गर्न बोलायो १९ औं वार्षिक साधारण सभा


  • 645
    Shares

    सिटिजन्स बैंकले लाभांश पारित गर्न बोलायो १९ औं वार्षिक साधारण सभा

    काठमाडौं । सिटिजन्स बैंकले आफ्नो १९ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आगामि मंसिर १२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्ड एन्ड बैंक्वेटमा बिहान ११ बजेबाट सुरु हुने भएको छ।

    सभाले गत आर्थिक वर्ष २०८१\८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ। 

    त्यस्तै, संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने भएको छ।

    लाभांश र सभा प्रयोजनका लागि बैंकले कात्तिक १७ गते बुक क्लोज गरिसकेको छ। यसको अर्थ कात्तिक १६ गतेसम्म कायम शेयरधनीहरु वार्षिक साधारणसभा सहभागी हुन र लाभांश पाउन योग्य भएको छ।

    प्रकाशित मिति :कार्तिक १९ २०८२ बुधवार - १२:०८:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij