Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

१५औँ महाधिवेशनको मिति तोक्ने प्रतिबद्धतासँगै खुल्यो कांग्रेस मुख्यालयको गेटको ताला

१५औँ महाधिवेशनको मिति तोक्ने प्रतिबद्धतासँगै खुल्यो कांग्रेस मुख्यालयको गेटको ताला


  • 1.2K
    Shares

    १५औँ महाधिवेशनको मिति तोक्ने प्रतिबद्धतासँगै खुल्यो कांग्रेस मुख्यालयको गेटको ताला

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयको मूल गेटमा लगाइएको ताला खुलेको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तीन बुँदे प्रतिबद्धता जनाएपछि गेटमा लगाइएको ताला खोलिएको हो। 

    ताला लगाउने कार्यको नेतृत्व गरेका युवा नेता शिव रिमालले जानकारी दिएका छन्। रिमालका अनुसार कार्यवाहक सभापति खड्काले प्रतिबद्धता जनाएका  हुन् ।

    १. १५ औँ महाधिवेशनको मिति तोक्नेस् नेपाली कांग्रेसको चालू केन्द्रीय समितिको बैठकले पार्टीको १५ औँ महाधिवेशनको मिति तोक्ने। 

    २. क्रियाशील सदस्यताको विवरण सार्वजनिकस् विगत चार वर्षभित्र क्रियाशील सदस्यता नवीकरणको प्रगति विवरण सार्वजनिक गरी नेपाली कांग्रेसको वेबसाइटमा राख्ने। 

    ३. युवाको माग सम्बोधनस् ४० वर्ष मुनिका ४० प्रतिशत युवा सहभागिताको माग सुनिश्चितताका लागि केन्द्रीय समितिको विधानमा परिमार्जन आवश्यक भएकोले बृहत्तर नेपाली कांग्रेस पार्टीको विधानमा छलफल गरी माग सम्बोधन गर्न प्रतिबद्धता जनाउने।

     

     

    images
    प्रकाशित मिति :कार्तिक १८ २०८२ मंगलवार - १४:१३:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij