२०८२ कार्तिक १७ गते सोमवार
काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिए । पर्यटनमन्त्रीका हैसियतमा प्रधानमन्त्री कार्कीले आज निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर यस्तो निर्देशन दिएको हो ।
कुनै समय गौरव गर्नलायक बनेको संस्था अहिले दर्दनाक अवस्थामा पुगेको भन्दै निगमभित्रका बेथिति हटाउन कसैको मुख नहेरी कठोर रूपमा लाग्न उनको निर्देशन छ । अहिलेसम्म निगम सुधारका लागि बनेका प्रतिवेदन कार्यान्वयन गर्न योजनासाथ अघि बढ्नुपर्ने उनले बताए।
उनले भने, ‘जेनजीहरूले यत्रो रगत बगाएको केका लागि हो रु यस्तै नातावाद, कृपावाद, विभेद अन्त्यका लागि होइन रु यता यत्रो आन्दोलन भइरहेको छ, उता भटाभट आफ्ना मान्छे भर्ती गरेको छ । अवकाश पाएर घर जान लाग्दा पनि मनपरी गर्न छाडिएको छैन । कतिसम्मको बेथिति हो योरु’
कार्यक्रममा निगमका निमित्त महाप्रवन्धक जनकराज कालाखेतीले १७ अर्ब रुपैयाँभन्दा बढीको सञ्चित नोक्शानीमा रहेको विवरण प्रश्तुत गरे।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij