Logo

२०८२ कार्तिक १७ गते सोमवार

२०८२ कार्तिक १७ गते सोमवार

कात्तिक २१ र २२ गते नास आईटी एक्स्पो हुने

कात्तिक २१ र २२ गते नास आईटी एक्स्पो हुने


  • 407
    Shares

    कात्तिक २१ र २२ गते नास आईटी एक्स्पो हुने
    images

    काठमाडौं । नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनिज (नास आईटी) ले ‘टिग नास आईटी एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ । नास आईटीले आईतवार काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गरि कात्तिक २१ र २२ गते उक्त एक्स्पो हुने जानकारी दिएको हो ।

    ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने एक्स्पोमा विभिन्न आईटी सफ्टवेयर, प्रडक्ट र सेवाहरू प्रदर्शनीमा रहनेछन् । स्थानीय प्रविधि र डिजिटल उद्यमशीतालाई प्रवद्र्धन गर्नका लागि पहिलो पटक नास आईटी एक्स्पो गर्न लागिएको हो । एक्स्पोमा ३० बढी आईटी सेवा र उत्पादनहरुको प्रदर्शनी रहने छ । एक्स्पो अवलोकनकर्तालाई विशेष अफरको व्यवस्था समेत गरिएको नास आईटीले जनाएको छ । 

    साथै कम्पनीहरूले आफ्ना नवीनतम डिजिटल समाधानहरू सार्वजनिक गर्न र लाइभ पिच सेसनमार्फत आफ्नो सोच देखाउन सक्नेछन् । एक्स्पोले नेपालमा उत्पादित उत्पादनलाई नेपालमा नै खपत गर्नको लागी भुमिका खेल्ने नास आईटीका उपाध्यक्ष दीपेन चापागाईंले बताएका छन्। एक्स्पोले नेपालको आईटी कम्पनी, नेतृत्व र लगानीकर्तालाई एउटै प्लेटफर्ममा ल्याएर सहकार्य अवसर र नवीनतम प्रविधिका सम्भावनाहरूमा केन्द्रित हुन सहयोग गर्ने उनको भनाई छ ।

    नास आईटी एक्सपोको शिर्ष प्रायोजकमा अकाउन्टिङ सफ्टवेयर टिग रहेको छ । एक्स्पोमा उद्यमी, निजी तथा सरकारी क्षेत्रका उच्च अधिकारी, नीति निर्माता, लगानीकर्ता लगायत सूचना प्रविधिमा इच्छुकहरू सहभागी हुने जनाइएको छ ।

    प्रकाशित मिति :कार्तिक १६ २०८२ आइतवार - १६:५६:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij