Logo

२०८२ कार्तिक १६ गते आइतवार

२०८२ कार्तिक १६ गते आइतवार

सामाजिक सुरक्षा कोषमा हालसम्म कूल ९४ अर्ब जम्मा

सामाजिक सुरक्षा कोषमा हालसम्म कूल ९४ अर्ब जम्मा


  • 316
    Shares

    सामाजिक सुरक्षा कोषमा हालसम्म कूल ९४ अर्ब जम्मा
    images

    काठमाडौं । सामाजिक सुरक्षा कोषमा हालसम्म कूल ९४ अर्ब ९ करोड १ लाख ७९ हजार बराबरको रकम जम्मा भएको छ । कोषले १७ अर्ब २९ करोड ३० लाख ५१ हजार बराबरको रकम योगदानकर्तालाई भुक्तानी समेत गरेको छ ।

    कोषमा कूल २५ लाख ९२ हजार एक सय ४१ जना सूचीकृत योगदानकर्ताका रुपमा समावेश भएका छन् । कोषमा २२ हजार एक सय २५ सूचीकृत रोजगारदाता रहेका छन् ।

    कोषमा औषधी उपचार, स्वास्थ्य तथा मातृत्व दावी रकम रु दुई अर्ब ४२ करोड ५० लाख ८१ हजार रहेको छ ।

    साथै, दुर्घटना तथा अशक्तता सुरक्षा दावी रकम २२ करोड ३१ लाख ६३ हजार, अवकाश दावी रकम १४ अर्ब ३६ करोड १२ लाख ८ हजार र आश्रित परिवार सुरक्षा दावी रकम रु २८ करोड ३५ लाख ९७ हजार रहेको छ ।

    प्रकाशित मिति :कार्तिक १६ २०८२ आइतवार - ११:२०:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij