२०८२ कार्तिक १६ गते आइतवार
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले एकीकृत समाजवादी लगायतसँग हुन लागेको एकता आफूलाई मान्य नहुने भएका छन्।
शनिबार पेरिसडाँडामा बसेको माओवादी सचिवालय बैठकबाट बाहिरिँदै उनले आफू ‘एकताको भारी’ बोक्न तयार नभएको उल्लेख गरे।
‘हामी जो एकता गर्दै छौँ,’ शर्माले भने, ‘‘त्यो भारी माओवादी पार्टीले बोक्न सक्दैन। त्यो भारी हामी बोक्दैनौँ, त्यो हामीलाई मान्य छैन। त्यो मलाई मान्य छैन।’
माओवादी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने आफ्ना कुरा राखेर हिँड्ने शैली नराम्रो भएको बताए। ‘बैठक राम्रोसँग सुरु भएको थियो, उहाँले आफ्नो कुरा राखेर उठेर हिँड्नुभयो,’ बैठक स्थलबाट बाहिरिँदै उनले, ‘त्यो शैली उहाँको नराम्रो हो। त्यो कसैलाई मनपर्ने शैली होइन।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij