Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

‘एकताको भारी माओवादी पार्टीले बोक्न सक्दैन’ भन्दै बैठकबाट निस्किए जनार्दन

‘एकताको भारी माओवादी पार्टीले बोक्न सक्दैन’ भन्दै बैठकबाट निस्किए जनार्दन


  • 1.1K
    Shares

    • images
    ‘एकताको भारी माओवादी पार्टीले बोक्न सक्दैन’ भन्दै बैठकबाट निस्किए जनार्दन

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले एकीकृत समाजवादी लगायतसँग हुन लागेको एकता आफूलाई मान्य नहुने भएका छन्।

    शनिबार पेरिसडाँडामा बसेको माओवादी सचिवालय बैठकबाट बाहिरिँदै उनले आफू ‘एकताको भारी’ बोक्न तयार नभएको उल्लेख गरे।

    ‘हामी जो एकता गर्दै छौँ,’ शर्माले भने, ‘‘त्यो भारी माओवादी पार्टीले बोक्न सक्दैन। त्यो भारी हामी बोक्दैनौँ, त्यो हामीलाई मान्य छैन। त्यो मलाई मान्य छैन।’

    माओवादी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने आफ्ना कुरा राखेर हिँड्ने शैली नराम्रो भएको बताए। ‘बैठक राम्रोसँग सुरु भएको थियो, उहाँले आफ्नो कुरा राखेर उठेर हिँड्नुभयो,’ बैठक स्थलबाट बाहिरिँदै उनले, ‘त्यो शैली उहाँको नराम्रो हो। त्यो कसैलाई मनपर्ने शैली होइन।’

    प्रकाशित मिति :कार्तिक १५ २०८२ शनिवार - १८:०९:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij