२०८२ चैत्र १ गते आइतवार
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नेपालमा कोभिड–१९ को संक्रमण जटिल अवस्थामा पुगेको बताएका छन्।
आज मन्त्रालयले गरेको भ्रचुअल पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले दोस्रो लहरको संक्रमण ज्यादै संक्रामक भएकोले अवस्था जटिल भएको बताएका हुन्। उनले अहिले अक्सिजनको माग अत्याधिक बढेको समेत बताए।
‘संक्रमण तीव्र रुपमा बढिरहेको छ। अवस्था जटिल छ। अझैं धेरै संक्रमितलाई अक्सिजनको माग अत्याधिक बढेको छ। अक्सिजनको मागअनुसार दिन सकिरहेको छैनौँ तर हामी प्रयासरत छौँ‘ उनले भने।
यस्तै मन्त्रालयका सचिव लक्ष्मण अर्यालले पनि कोरोनाको दोस्रो लहरकको संक्रमणलाई हालको हाम्रो संरचनाले थेग्न गाह्रो भएको अवस्थामा पनि सरकार प्रायसरत रहेको बताए।
उनले काठमाडौंका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालनमा ल्याइएको बताउँदैं उनले निजी अस्पतालका ७५ प्रतिशत बेड कोरोनाका बिरामीका लागि उपलब्ध गराउने निर्णय बताए।
अहिले दैनिक १५ हजार सिलिण्डर अक्सिजन माग भइरहेको बताउँदैँ सचिव अर्यालले अस्पतालहरुसँग १० हजार सिलिण्डर मात्रै रहेको बताए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij