Logo

२०८२ फाल्गुण २७ गते बुधवार

२०८२ फाल्गुण २७ गते बुधवार

राष्ट्र बैंकको ब्यालेन्स सिटको आकार बढ्यो, विदेशमा गरेको लगानी १८ खर्ब नाघ्यो

राष्ट्र बैंकको ब्यालेन्स सिटको आकार बढ्यो, विदेशमा गरेको लगानी १८ खर्ब नाघ्यो


  • 967
    Shares

    राष्ट्र बैंकको ब्यालेन्स सिटको आकार बढ्यो,  विदेशमा गरेको लगानी १८ खर्ब नाघ्यो

    काठमाडौं । राष्ट्र बैंकले विदेशमा गरेको लगानी १८ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार असोज महिनासम्म विदेशी सुरक्षण पत्रमा  १८ खर्ब ११ अर्ब रुपैयाँ बराबरको लगानी गरेको हो । 

    राष्ट्र बैंकको मुख्य आम्दानीको स्रोतको रूपमा यही लगानी रहँदै आएको छ भने विदेशबाट आएको रेमिटेन्स लगायत विदेशी मुद्राबापत नेपाली रकम दिएर राष्ट्र बैंकले यो रकम विदेशी ऋणपत्रहरूमा गर्ने गर्छ । राष्ट्र बैंकको आम्दानीको सबैभन्दा मुख्य स्रोत नै यही रहेको छ । 

    यो अवधिसम्म देशमा ७ खर्ब ८८ अर्ब रुपैयाँ बराबरको नगद बजारमा प्रवाह भएको छ । चाडपर्वको कारण यस वर्ष थप २८ अर्ब रुपैयाँको माग भएको देखिन्छ । तीन महिनाको अवधिमा राष्ट्र बैंकको ब्यालेन्स सिटको आकार २ खर्ब ९३ अर्ब रुपैयाँले बढेर २९ खर्ब  ५० अर्ब पुगेको छ ।

    प्रकाशित मिति :कार्तिक १४ २०८२ शुक्रवार - १०:५७:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij