२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    काठमाडौं । राष्ट्र बैंकले विदेशमा गरेको लगानी १८ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार असोज महिनासम्म विदेशी सुरक्षण पत्रमा १८ खर्ब ११ अर्ब रुपैयाँ बराबरको लगानी गरेको हो ।
राष्ट्र बैंकको मुख्य आम्दानीको स्रोतको रूपमा यही लगानी रहँदै आएको छ भने विदेशबाट आएको रेमिटेन्स लगायत विदेशी मुद्राबापत नेपाली रकम दिएर राष्ट्र बैंकले यो रकम विदेशी ऋणपत्रहरूमा गर्ने गर्छ । राष्ट्र बैंकको आम्दानीको सबैभन्दा मुख्य स्रोत नै यही रहेको छ ।
यो अवधिसम्म देशमा ७ खर्ब ८८ अर्ब रुपैयाँ बराबरको नगद बजारमा प्रवाह भएको छ । चाडपर्वको कारण यस वर्ष थप २८ अर्ब रुपैयाँको माग भएको देखिन्छ । तीन महिनाको अवधिमा राष्ट्र बैंकको ब्यालेन्स सिटको आकार २ खर्ब ९३ अर्ब रुपैयाँले बढेर २९ खर्ब ५० अर्ब पुगेको छ ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij