Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

मर्स्याङ्दीमा ट्रक खस्दा एकै घरका दाजुभाइ मृत्यु

मर्स्याङ्दीमा ट्रक खस्दा एकै घरका दाजुभाइ मृत्यु


  • 4.6K
    Shares

    मर्स्याङ्दीमा ट्रक खस्दा एकै घरका दाजुभाइ मृत्यु

    मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाग्लुङको गलकोट–८ पचुवा निवासी ३७ वर्षीय जय कँडेल र ३५ वर्षीय मीन कँडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    चितवनको मुग्लिनबाट तनहुँको आँबुखैरेनीतर्फ आउँदै गरेको ना३ख ९९७३ नंको ट्रक आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरास्थित आँपचौर घुम्तीबाट करीब १०० मिटर तल खस्दा सो दुर्घटना भएको हो ।

    घटना रातिको समयमा घटेको भए पनि प्रहरीलाई आज मात्रै जानकारी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

    मृतक जय कँडेल ट्रक चालक र मीन कँडेल सहचालक रहेको मृतकका साहिलो भाइ हिरा कँडेलले जानकारी दिए । गाउँको घर बाग्लुङ भए पनि हाल डेरा गरी चितवनमा बस्दै आएको उनले बताए ।

    उनका अनुसार दुवै दाजुभाइ पराल लोड गरेर पोखरातर्फ गएका थिए । मृतक दुवै एकै घर परिवारका दाजुभाइ हुन्। मृतक दुवैको शवपरीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ । रासस

    प्रकाशित मिति :बैशाख २८ २०७८ मंगलवार - १५:४६:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij