२०८२ कार्तिक १३ गते बिहिवार
काठमाडौं । महालक्ष्मी विकास बैंक फेरि अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ‘आईएसओ ९००१ः२०१५’ बाट प्रमाणित भएको छ ।
गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भए बमोजिम २०८१ साल श्रावण ३२ देखि लागु हुने गरी बैंक प्रमाणित भएकोमा २०८२ साल भदौ भएको पहिलो सर्भिलियन्स अडिटबाट पुनः प्रमाणित हुन सफल भएको हो ।
बैंकले ‘प्रोभिजन अफ डेभ्लपमेन्ट अन्तर्गत प्रमाणपत्र प्राप्त गरेको जनाएको छ । बैंकले “Provision of Development Banking Activities” अन्तर्गत प्रमाणपत्र प्राप्त गरेको र यस्तो प्रमाणपत्र प्राप्त गर्नेमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंक अग्रणी बैंक बनेको थियो ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३१ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर करिब ८ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij