२०८२ कार्तिक १३ गते बिहिवार
भारतको पूर्वी राज्य बिहार र झारखण्डमा छठ पूजाको अवसरमा नुहाउन नदी तथा तलाउमा डुबुल्की मार्ने क्रममा कम्तीमा १३३ व्यक्तिको डुबेर मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
बिहारमा डुबेर १०८ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन्। छिमेकी मुलुक झारखण्डमा यसरी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ।
छठपर्व मनाउने क्रममा यी प्रदेशका विभिन्न जिल्लाका नदीनाला र अन्य जलाशयमा डुबेर मृत्यु भएको हो।
स्थानीय प्रशासनले बेपत्ताको खोजीका लागि विपद् व्यवस्थापन बलको टोलीहरू परिचालन गरेको जनाएका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार गोताखोर र प्रहरीको टोली खोजी तथा उद्धारमा संलग्न रहेको छ। अधिकारीहरूले भक्तजनहरूलाई नदी किनारमा सतर्क रहन र धार्मिक स्नानको समयमा गहिरो पानीमा नजान आग्रह गरेका थिए।
छठ पूजाको उत्सवको क्रममा सयौँ हिन्दू भक्तजनहरू नदी र पोखरीको पानीमा घुँडा टेकेर उभिने र डुबुल्की मार्ने गर्छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij