Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा, राष्ट्रिय आयोजनाबाहेकका सबै निर्माण कार्यमा रोक

काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा, राष्ट्रिय आयोजनाबाहेकका सबै निर्माण कार्यमा रोक


  • 6.7K
    Shares

    • images
    काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा, राष्ट्रिय आयोजनाबाहेकका सबै निर्माण कार्यमा रोक

    काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

    त्यस्तै प्रजिअहरुको बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय भएको ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए ।

    बैठकले पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जना भन्दा सहभागी हुन नपाइने बस्नेतले बताए ।

    कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएपछि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा पहिलो पटक वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञाको आदेश जारी गरेका थिए । त्यसपछि निषेधाज्ञा एक हप्ता थप गरेर वैशाख २९ गतेसम्म पुर्‍याइएको थियो ।

    निषेधाज्ञा सकिनु एक दिनअघि प्रजिअहरुको बैठकले १५ दिन थप गरेको हो । निषेधाज्ञामा औषधि पसल दिनभर तथा अत्यावश्यक खाद्यवस्तु र तरकारीका पसल विहान ९ बजेसम्म खोल्न पाइन्छ । अत्यावश्यक सेवाबाहेकका गाडी पनि चलाउन रोक लगाइएको छ ।

    प्रकाशित मिति :बैशाख २८ २०७८ मंगलवार - १४:३८:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij