२०८२ चैत्र १ गते आइतवार
काठमाडौँ ।कोरोना संक्रमणका कारण नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठकी भाइबुहारीको मृत्यु भएको छ।समयमै उपचार पाउन नसकेपछि भाइबुहारी निर्मला बैद्यको मृत्यु भएको श्रेष्ठले बताएका छन्।
सुरुमा इमरजेन्सी र पछि अक्सिजनसहितको बेड नपाएपछि बुहारीलाई बचाउन नसकेको दुखेसो उनले सामाजिक सञ्जालमार्फत पोखेका छन्।
‘प्रिय बुहारी निर्मला बैद्यको कोभिडका कारण आज भएको दुखःद निधनबाट मर्माहत भएको छु। केही दिन देखि नै अस्पतालहरुको ढोका ढक्ढक्याउदा सुरुमा इमर्जेन्सी र अक्सिजनसहितको बेड समेत पाइएन ,आइसियु र भेन्टिलेटर त परको कुरा। पछि एउटा साधारण प्राइभेट अस्पतालमा भर्ना गरेर आइसियु खोज्न लाग्यौँ।केही दिन पछि हिजो मात्र बल्ल ट्रमा सेन्टरको आसियुमा राख्न सक्यौँ। तर तिमिलाई बचाउन सकिएन बुहारी हार्दिक श्रध्दाञ्जली१’, श्रेष्ठले लेखेका छन्।
श्रेष्ठले आफ्नी बुहारी निर्मला त अहिलेको हाम्रो हालत को एक दृष्टान्त मात्र रहेको बताउँदै अगाडि भनेका छन् ‘यसरी नै समयमा उपचार पाउन नसकेर कैयौँको दिनदिनै ज्यान गैरहेको छ। म आफैले पनि अरु धेरै कोभिड संक्रमितहरुको लागि बेड र आइसियु खोजेको छु ,तर पाइराखेको छैन। महामारीको बेलामा स्वास्थ्य क्षेत्रको यो अव्यवस्था र बेवास्ता क्षम्य हुन सक्दैन।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij