Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

कोरोनाका विरामीलाई हेलिकप्टार चाहियो ? यी नम्बरमा फोन गर्नुहोस्

कोरोनाका विरामीलाई हेलिकप्टार चाहियो ? यी नम्बरमा फोन गर्नुहोस्


  • 5.9K
    Shares

    कोरोनाका विरामीलाई हेलिकप्टार चाहियो ? यी नम्बरमा फोन गर्नुहोस्

    काठमाडौँ । हवाइ सेवा सञ्चालकहरूको छाता संगठन वायु सेवा सञ्चालक संघले कोरोना उद्धारको लागि आवश्यक पर्ने नम्बर सार्वजनिक गरेको छ

    सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर कम्पनीहरुलाई अतिरिक्त भाडा घटाउन निर्देशन दिँदै बिचौलिया हटाउन र हेलिकप्टर कम्पनीलाई फोन नम्बर सार्वजनिक गर्न निर्देशन दिएको थियो ।

    सोहीअनुसार वायुसेवा सञ्चालक संघले विज्ञप्ति जारी गर्दै कोरोनाका बिरामी उद्धारका नाममा बढी भाडा नलिन आफ्ना सबै सदस्य कम्पनीलाई अनुरोध गरेको छ ।

    अहिलेको परिस्थितिमा सदस्य वायुसेवा कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व सम्झी कोरोना बिरामी उद्धार उडानमा खटिएको स्मरण गराउँदै संघले नियामक क्यानको नीति नियममा रहेर उडान गरिरहेको स्पष्ट पारेको छ ।

    संघले तीन वर्षअघि क्यान र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरेको एएस ३५० हेलिकोप्टरको युएस डलर १५०० प्रतिघण्टा एवम् रोविन्सन्स हेलिकोप्टरहरूको युएस डलर एक हजार प्रतिघण्टा दरभाउमा हाल पनि उडान गर्दै आइरहेको र हाल सो दरभन्दा पनि कममा उडान गरिरहेको संघले जनाएको छ ।

    कोरोना बिरामी उद्धार उडानमा मात्र संलग्न भएका कम्पनीका प्रतिनिधिहरूलाई सम्पर्क गर्नसमेत अनुरोध संघले गरेको छ । यदि कहीँ कतै बढी रकम लिएको र गलत गरेको लागेमा यस संघ र क्यानमा सिधै सम्पर्क गरी गुनासो एवं जानकारी गराई दिनसमेत सबैमा अनुरोध गरेको छ।

    कोरोना उद्धार उडान गर्ने कम्पनी एवम् आधिकारिक व्यक्तिहरूको सम्पर्क नंः

    १) अल्टिच्युड एयर प्रालि ९८०१२४९९१७, ९८०१२४९९०७, ०१–४४८९३००
    २) हेली एभरेष्ट प्रालि ९८४१५५७५०९, ९८१३२४०१३९, ०१–४११३०३६
    ३)कैलाश हेलिकोप्टर प्रालि ९९८५१०३००१३, ९८५११२९२५४, ०१–५९००५०१
    ४) मनाङ एयर प्रालि ९८०११८०४६२, ९८०११८०४६३, ०१–४४८८०१६
    ५) श्री एयरलाइन्स प्रालि ९८५१०२६१९७, ९८०२३०००२३, ९८५१०१२५०५
    ६) सिम्रिक एयर प्रालि ९८५१०१०६९६, ९८५१०१०६९८, ०१–४१५५३४०

    प्रकाशित मिति :बैशाख २८ २०७८ मंगलवार - १३:१८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij