Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

वीरगंजमा थप २ कोरोना संक्रमितको मृत्यु

वीरगंजमा थप २ कोरोना संक्रमितको मृत्यु


  • 5.6K
    Shares

    वीरगंजमा थप २ कोरोना संक्रमितको मृत्यु

    वीरगंज । वीरगंजमा थप २ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । नेशनल मेडिकल कलेजको अस्थायी कोभिड अस्पताल बाबा होटलमा वीरगंज महानगरका दुई जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा वीरगंज ६ का ७६ वर्षीय वृद्ध र वीरगंज १५ की ५७ वर्षीया महिला रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । ७६ वर्षिया वृद्धको मंगलवार विहान १ बजेर २० मिनेटमा र ५७ वर्षिया महिलाको १ बजेर ५० मिनेटमा मृत्यु भएको जनाइएको छ ।

    दुबै जनाको वैशाख २३ गते पीसीआर परीक्षणमा पोजेटिभ देखिएपछि अस्पताल भर्ना गरिएको थियो । यो संगै वीरगंजमा  ८८ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । जसमा ५६ जना पर्साका रहेका छन् भने बाँकी ३२ जना बारा, रौतहट, सर्लाही र भारतीय रहेका छन् ।

    प्रकाशित मिति :बैशाख २८ २०७८ मंगलवार - १३:०९:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij