२०८२ भाद्र ३ गते मंगलवार
भारतको आन्ध्र प्रदेशमा अक्सिजन अभाव हुँदा अस्पतालमा उपचाररत ११ कोरोना संक्रमितको मृत्यु भएको छ । सबै कोरोना संक्रमित चित्तुर जिल्लास्थित तिरुपतिको रुइया अस्पतालको आईसीयू वार्डमा उपचाररत थिए ।
चित्तुर जिल्लाका प्रमुख हरिनारायणका अनुसार सोमबार राति आठ बजेको समयमा पाँच मिनेट अक्सिजन आपूर्तिमा सामान्य गिरावट आउँदा ११ कोरोना संक्रमितको मृत्यु भएको हो ।
यद्यपी मृतकका परिवारले अस्पतालमा आधा घण्टासम्म अक्सिजन आपूर्ति बन्द भएको आरोप लगाएको बीबीसीहिन्दीले जनाएको छ । भारतमा दैनिक चार लाखको दरले कोरोना संक्रमित थपिरहँदा सोही अवधिमा ४ हजारको मृत्यु भइरहेको छ ।
कोरोना संक्रमित ह्वात्तै बढेपछि यहाँ अक्सिजन चाहिने बिरामी धेरै थपिएका हुन् जसका कारण अक्सिजनको अभाव भएको बताइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij