Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

झुन्डिएको अवस्थामा प्रहरी जवानको शव फेला

झुन्डिएको अवस्थामा प्रहरी जवानको शव फेला


  • 10.7K
    Shares

    • images
    झुन्डिएको अवस्थामा प्रहरी जवानको शव फेला

    महोत्तरीमा झुन्डिएको अवस्थामा एक प्रहरी जवानको शव फेला भएको छ ।

    सोमबार राति प्रहरी चौकी सम्सीबाट करिब सातसय मिटर उत्तर पश्चिमस्थित चौरमा रहेको आँपको रुखमा पासो लागेर झुन्डिएको अवस्थामा प्रहरी जवान २५ वर्षीय जितेन्द्र साहको शव फेला भएको हो ।

    ड्युटी सकेर राति सुतेका प्रहरी जवान साहको शव फेला परेको हो । महोत्तरीका एसपी दिनेश आचार्यले प्रहरी जवान साहले आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको बताए । यद्यपि प्रहरीले विस्तृत अनुसन्धान थालेको उनले बताए ।

    पर्साको बौरामाई नगरपालिका–१ घर भई ढल्केवरमा रहेको प्रहरी गणमा दरबन्दी रहेका उनी विगत ७ महिनादेखि सम्सी प्रहरी चौकीमा कार्यरत थिए । प्रहरी जवान साहको विवाह आगामी जेठ ७ गते हुने तय भएको थियो । बिहेकै लागि बिदा लिएर घर जाने तयारीमा रहेका उनी मृत फेला परेका हुन् ।

    मृतक प्रहरी जवान साहको शव अन्त्येष्टिका लागि परिवारलाई खबर गरिसकेको र आएपछि थप प्रक्रिया पूरा गरि शव जिम्मा लगाइने महोत्तरी प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख २८ २०७८ मंगलवार - १२:५७:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij