Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

कर्णालीमा स्वास्थ्यका १२० कर्मचारीको करार नियुक्ति

कर्णालीमा स्वास्थ्यका १२० कर्मचारीको करार नियुक्ति


  • 6.4K
    Shares

    कर्णालीमा स्वास्थ्यका १२० कर्मचारीको करार नियुक्ति

    कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि स्वास्थ्यका १२० जना कर्मचारी सिफारिस गरेको छ ।

    प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्वास्थ्यका पाँचौँ तहका एक सय २० कर्मचारीलाई करार नियुक्तिका लागि सिफारिस गरेको हो । सबै भन्दा धेरै ७६ जना स्टाफ नर्सलाई नियुक्ति सिफारिस गरेको छ भने १२ जना ल्याब टेक्सिनसियन, रेडियोग्राफ र फार्मेसी असिस्टेन्टमा ६–६ जना तथा आयुर्वेदिकतर्फ दुई जना कविराजलाई नियुक्ति सिफारिस गरेको कर्णाली प्रदेशका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिनुभयो ।

    करार नियुक्तिका लागि सिफारिस भएका सबै कर्मचारीलाई पाँच दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशनालयले निर्देशन दिएको छ ।

    प्रकाशित मिति :बैशाख २८ २०७८ मंगलवार - १२:५४:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij