Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

उपत्यकाका ३ जिल्लाका सीडीओको बैठक जारी, के होला निर्णय?

उपत्यकाका ३ जिल्लाका सीडीओको बैठक जारी, के होला निर्णय?


  • 9.5K
    Shares

    • images
    उपत्यकाका ३ जिल्लाका सीडीओको बैठक जारी, के होला निर्णय?

    काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु (सीडीओ)को बैठक जारी छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जारी बैठकले उपत्यकामा जारी निषेधाज्ञा थप्नेबारे निर्णय गर्ने बताइएको छ ।

    बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत सहभागी छन् । कोरोना संक्रमणका कारण ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुन्डी प्रसाद निरौला बैठकमा सहभागी भएका छैनन् ।

    उपत्यकामा निषेधाज्ञा जेठ १० गतेसम्म थप्नेबारे छलफल भएको छ । गृहमन्त्रालयका सचिवसँग पनि छलफल गरेर निषेधाज्ञाबारे निर्णय गरिने बताइएको छ । वैशाख १६ बाट घोषणा गरिएको निषेधाज्ञा पहिलोपटक वैशाख २९ सम्म थपिएको थियो ।

    प्रकाशित मिति :बैशाख २८ २०७८ मंगलवार - १२:४२:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij