Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

कोरोना संक्रमणबाट बर्दियामा थप ७ जनाको मृत्यु

कोरोना संक्रमणबाट बर्दियामा थप ७ जनाको मृत्यु


  • 5.6K
    Shares

    कोरोना संक्रमणबाट बर्दियामा थप ७ जनाको मृत्यु

    बर्दिया । कोरोना संक्रमणबाट बर्दियामा थप ७ जनाको मृत्यु भएको छ । उनीहरुको सोमबार रातिदेखि मंगलबार बिहानसम्म मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

    श्रेष्ठका अनुसार पछिल्लोपटक बाँसगढी नगरपालिका–९ का ७३ वर्षीय पुरुष, बाँसगढी–५ का ६० वर्षीय पुरुष, गुलरिया नगरपालिका–६ का २१ वर्षीय पुरुष र बारबर्दिया नगरपालिका–६ की ६३ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । यस्तै, बढैयाताल गाउँपालिका–३ की ७८ वर्षीय महिला, ठाकुरबाबा नगरपालिका–३ का ४५ वर्षीय पुरुष र बढैयाताल–१ का ८५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

    योसँगै बर्दियामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ । सोमबार मात्रै ४ जना संक्रमितले ज्यान गुमाएका थिए । सबैको नेपालगञ्जमा उपचारका क्रममा ज्यान गएको हो ।

    कोरोना संक्तमितको मृत्यु हुने क्रम बढेको र लक्षणसहितका कारोना संक्रमितहरु थपिने क्रम बढेपछि बर्दिया ततकाल अस्पतालमा कोभिड वार्ड सञ्चालन गर्नुपर्ने माग उठ्न थालेको छ । बर्दियामा रहेको अस्पतालमा अन्य बिरामीको उपचार गर्नुपर्ने भन्दै कोभिडका बिरामीको उपचार गरिँदैन । 

    प्रकाशित मिति :बैशाख २८ २०७८ मंगलवार - १२:३१:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij