२०८२ कार्तिक ३ गते सोमवार
काठमाडौं। सानिमा बैंक लिमिटेडले २०८२ कार्तिक २ गते आइतबारका दिन २१ औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ ।
बैंकका अध्यक्ष श्री तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
संस्थापक शेयरधनीहरुको तर्फबाट श्री तुक प्रसाद पौडेल, श्री बलराम पराजुली र श्रीमती निशा कुम्पाख २१औं वार्षिक साधारणसभाबाट निर्बिरोध निर्वाचित हुनुभएको छ ।
आर्थिक बर्ष २०८१\८२ मा २.५७ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति २६३.५५ अर्ब, कुल निक्षेप २२५.४८ अर्ब तथा खुद कर्जा सापटी १८३.४५ अर्ब रहेको छ । आर्थिक वर्ष २०८०\८१ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १३.०९, ११.२२ र १२.७० प्रतिशतले बृद्धि गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij