२०८२ चैत्र १ गते आइतवार
काठमाडौँ । कोभिड–१९ सङ्क्रमणको जोखिम बढ्दो क्रममा रहेकाले काठमाडौँ उपत्यकामा थप कडाइ गरिएको छ ।
अनुमती नलिई उपत्यका भित्रने सवारीलाई नागढुङ्ङ्गा झ्याप्लेखोलामा प्रहरीले निकैनै कडाई गरेको छ । त्यस्ता सवारीलाई एस्पीको कमान्डमा रोकीएको हो ।

नेपालमा नयाँ भेरियन्टको कोभिड–१९ सङ्क्रमण फैलिएको र त्यसको प्रभाव उपत्यकामा बढ्दो रहेकाले अझै सुरक्षा निगरानी बढाउनुपर्ने आवश्यकता महसुस गरी केही कडाइ गरिएको जनाइएको छ ।

सर्वसाधारणले औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्किन पाउने छैन।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij