२०८२ चैत्र १ गते आइतवार
काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले (सिसीएमसी)ले कोरोनाभाइरस संक्रमितको उपचार गर्ने अस्पतालहरूका लागि अक्सिजनको कोटा तोकेको छ ।
सरकारले कोभिड र ननकोभिड बिरामीको उपचार गर्ने ७७ वटा अस्पतालका लागि दैनिक अक्सिजनको कोटा निर्धारण गरेको हो ।
सिसिएमसीले सम्पूर्ण अक्सिजन उद्योगहरुलाई तोकिए बमोजिम दैनिक न्यूनतम अक्सिजन सिलिन्डर भरेर पहिले आपूर्ति गरिरहेका अस्पतालहरुलाई उपलब्ध गराउन निर्देशन दिएको छ ।
यस्तै अक्सिजन विवरणमा आवश्यकताका आधारमा भविष्यमा थपघट हुनसक्ने भएकाले उद्योगहरुलाई समन्वय गर्न सिसिएमसी सचिवालयले अनुरोध गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयमा आइतबार बसेको कोभिड—१९ इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसीएस)को बैठकले यसमा व्यवस्थापनको जिम्मा सीसीएमसीलाई दिने निर्णय गरेको थियो ।
सूची हेर्न तल दिइएको लिंकमा क्लिक गर्नुहोस् :
https://drive.google.com/file/d/117J8ICPpLH4WB_8c3xr01UwSDmCmKFur/view
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij