२०८२ आश्विन २९ गते बुधवार
काठमाडौं । नेकपा एमालेको केन्द्रिय कमिटी बैठक शुरु भएको छ । बुधवार बिहान ललतिपुरमा बैठक सुरु भएको हो ।
बुधवारबाट सुरु भएको बैठक शुक्रवारसम्म चल्नेछ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रममा आधारित रही राजनीतिक प्रतिवेदन, राजनीतिक प्रश्ताव प्रश्तुत गर्ने छन् ।
सोही विषयमा आधारित रहेर बैठकमा छलफल हुनेछ । एमालेले महाधिवेशन मंसिरको अन्तिममा गर्ने भनेपनि मिति तोकेको छैन । केन्द्रिय कमिटीको बैठकले मिति र स्थान पनि तोक्नेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij