२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अर्थशास्त्रीलाई प्रदान गरिएको छ ।
द रोयल स्विडिस एकेडेमी अफ साइन्सेसले अमेरिका दुई र बेलायतका एक अर्थशास्त्रीलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिने निर्णय गरेको हो ।
एकेडेमीका अनुसार अमेरिकको नर्थवेस्टर्न युनिभर्सिटीका जोएल मोकिर र ब्राउन युनिभर्सिटीका पिटर होविट र बेलायतको द लन्डन स्कुल अफ इकोनोमिक्सका फिलिप अगियोंनलाई पुरस्कार दिने निर्णय गरिएको छ ।
उनीहरूलाई ‘नवप्रवर्तन मार्फत सञ्चालित आर्थिक वृद्धिको व्याख्या गरेको’ योगदानका लागि सम्मानित गरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij