Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

मंसिर १८ भित्र महाधिवेशनको मिति तोकिसक्न लिङदेनलाई राप्रपा जबरा पक्षको अल्टिमेटम

मंसिर १८ भित्र महाधिवेशनको मिति तोकिसक्न लिङदेनलाई राप्रपा जबरा पक्षको अल्टिमेटम


  • 351
    Shares

    मंसिर १८ भित्र महाधिवेशनको मिति तोकिसक्न लिङदेनलाई राप्रपा जबरा पक्षको अल्टिमेटम
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवल शमशेर जबराले मंसिर १८ गतेभन्दा अगाडी नै महाधिवेशनको मिति तोकिसक्न पार्टी अध्यक्ष राजेन्द्र लिङदेनलाई अल्टिमेटम दिएका छन् ।

    काठमाडौंमा आईतवार जबरा पक्षधर नेताहरुको भेलापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले मंसिर १८ भित्र महाधिवेशनको मिति तोकिसक्न अल्टिमेटम दिएका हुन्। महामन्त्री जबराले महाधिवेशन गर्न दबाब दिने उद्देश्यले बैठक बोलाएका थिए। उनले वर्तमान कार्यसमितिको चार वर्ष कार्यकाल मंसिरको १८ गते सकिने भएकोले सो भन्दा अगाडी नै महाधिवेशनको मिति तोक्नुपर्ने बताएका छन्। मंसिरमा महाधिवेशन नगरे वर्तमान कार्यसमिति अवैध हुने उनको भनाई छ । 

    आईतवार बसेको भेलाले महाधिवेशनको मिति तोक्नुपर्ने, कारबाहीमा परेकाहरुको कारबाही फुकुवा हुनुपर्ने र पार्टीमा एकता कायम गर्नुपर्ने निष्कर्ष निकालेको जानकारी दिनुएका छन्। भेलाले देशमा भइरहेको वर्तमान परिस्थितिमा पार्टीको एजेण्डालाई अगाडी सार्नुपर्नेमा पनि जोड दिएको उनको भनाई छ । संघीयता र गणतन्त्र खारेज गरेर देशलाई राजसंस्थासहितको हिन्दुराज्य बनाउनुपर्ने मागलाई अगाडी लिएर जानुपर्ने उनले बताएका छन् ।

    उनले भने, ‘आज हाम्रो काठमाडौ उपत्यकामा भएका केन्द्रिय कार्यसमितिका सदस्य र केही महत्वपूर्ण नेताहरुलाई पार्टीको, देशको विषयमा छलफल गरेर कसरी अगाडी जाने भन्ने अनौपचारिक भेला हो । भेलाले पार्टीमा एकता कायम गरेर पार्टीको महाधिवेशन जुन मंसिरमा हुने हो, त्यो मंसिरको महाधिवेशनको मिति तय गर्ने र जुन साथीहरुलाई भएको कारबाही भएको छ, निलम्बन भएको छ । त्यस्तो कुराहरुलाई पनि पार्टीले फिर्ता लिनुपर्छ । अब महाधिवेशन र आन्दोलन कै क्रममा हामीहरु जानुपर्छ भन्ने निष्कर्षमा हामीहरु पुग्यौँ । यो केन्द्रिय कार्यसमितिको समय १८ मंसिरमा समाप्त भईरहेको छ । १८ मंसिर भन्दा पहिले हामीले महाधिवेशनको तिथिमिति तोक्नुपर्ने आवश्यकता छ । नत्र हाम्रो समिति अवैध हुन्छ ।’ 

    राप्रपाको नियमित महाधिवेशन आउँदो मंसिरमा गरिसक्नुपर्नेछ । महाधिवेशन गर्नको लागि केन्द्रिय समितिको बैठक बोलाउन महामन्त्री जबराको समूहले दबाब दिन थालेको हो । पार्टीको केन्द्रिय समितिको बैठक गत माघदेखि बस्न सकेको छैन ।

    प्रकाशित मिति :आश्विन २६ २०८२ आइतवार - १७:२२:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij