Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

उपत्यकामा निषेधाज्ञा थप १५ दिन लम्ब्याउने निर्णय, अलपत्रलाई गन्तव्यसम्म पुर्‍याइने

उपत्यकामा निषेधाज्ञा थप १५ दिन लम्ब्याउने निर्णय, अलपत्रलाई गन्तव्यसम्म पुर्‍याइने


  • 7.5K
    Shares

    उपत्यकामा निषेधाज्ञा थप १५ दिन  लम्ब्याउने निर्णय, अलपत्रलाई गन्तव्यसम्म पुर्‍याइने
    images

    काठमाडौं । कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा थप १५ दिन लम्ब्याउने निर्णय भएको छ ।

    जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) काठमाडौंको सोमबार सम्पन्न बैठकले निषेधाज्ञा थप १५ दिन लम्ब्याउने प्रस्ताव गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

    मंगलबार बस्ने उपत्यकाका सीडीओको संयुक्त बैठकले यससम्बन्धी थप निर्णय गरी कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा पठाउने सीडीओ पराजुलीको भनाइ छ । यसअघि जारी निषेधाज्ञा वैशाख २९ गते सकिँदै छ ।

    डीसीसीएमसीको प्रस्ताव अनुसार अब निषेधाज्ञा जेठ १२ गतेसम्म लागू हुनेछ । डीसीसीएमसी काठमाडौंको बैठकले कडाइका साथ निषेधाज्ञाको अवधि लम्ब्याउने निर्णय गरेको हो ।

    निषेधाज्ञासम्बन्धी निर्णय मंगलबार उपत्यकाका सीडीओहरुको बैठकले तय गर्ने पराजुलीले बताए । 
    nirnaya-patra_mOh5QvOclM.jpg

    प्रकाशित मिति :बैशाख २७ २०७८ सोमवार - १४:२८:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij