Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

नेपाल एसबिआई बैंकद्वारा ‘एफएटीएफ इभ्यालुएसन- बेस्ट प्राक्टिसेज’ गोष्ठी आयोजना

नेपाल एसबिआई बैंकद्वारा ‘एफएटीएफ इभ्यालुएसन- बेस्ट प्राक्टिसेज’ गोष्ठी आयोजना


  • 666
    Shares

    नेपाल एसबिआई बैंकद्वारा ‘एफएटीएफ इभ्यालुएसन- बेस्ट प्राक्टिसेज’ गोष्ठी आयोजना
    images

    काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड (NSBL) ले  “Navigating FATF Evaluation - Best Practices”  विषयक एक विचार गोष्ठीको आयोजना गरेको छ । कार्यक्रमले नेपालको FATF मूल्याङ्कनको तयारीका क्रममा गरिने FATF उपायहरूको प्रभावकारी कार्यान्वयन, सामूहिक प्रयास, तथा संस्थागततालाई जोड दिएको थियो ।

    कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर डा. निलम ढुङ्गाना तिम्सिना ,सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक श्री गजेन्द्र कुमार ठाकुर, विभिन्न सरकारी तथा कानुन कार्यान्वयन निकायका वरिष्ठ अधिकारीहरु, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा अधिकारीहरु, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरु तथा अन्य सम्बन्धित संस्थाका वरिष्ठ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

    कार्यक्रममा डेपुटि गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले गोष्ठीको महत्व तथा नेपालको FATF मूल्याङ्कनका सम्बन्धमा चर्चा गर्नुका साथै बैंक तथा बित्तीय संस्थाले खेल्नुपर्ने भुमिकाका बारेमा प्रकाश पार्नुभएको थियो । उक्त कार्यक्रमको सहजीकरण भारतीय स्टेट बैंकका पूर्व अधिकारी तथा AML-CFT एवं अनुपालन विज्ञ श्री रामकृष्ण सुसारलाले गर्नुभएको थियो । कार्यक्रममा उहाँले नेपालका वित्तीय क्षेत्रका लागि उपयोगी अन्तर्राष्ट्रिय अभ्यास र दृष्टिकोणहरू बारे प्रकाश पार्नुभएको थियो ।

    सो कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, श्री राम कुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, श्री विकास आनन्द, प्रमुख वित्तिय अधिकृत, श्री राजेश कुमार पंडा तथा बैंकका अन्य वरिष्ठ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

    कार्यक्रमको अन्त्यमा, सरोकारवालाहरू बीच आपसी समन्वयलाई जोड दिदै विश्वव्यापी अनुपालन मापदण्डहरूको पालना मार्फत नेपालको AML-CFT ढाँचालाई सुदृढ पार्ने प्रतिबद्धताका साथ कार्यक्रम समापन भयो । नेपाल एसबिआई बैंक लि. द्वारा आयोजित यस किसिमको गोष्ठी नेपालको वित्तीय क्षेत्रमा एक नया अभ्यास हो ।

    नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् । 

     

    प्रकाशित मिति :आश्विन २४ २०८२ शुक्रवार - १७:३८:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij