Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

काठमाडौं महानगरले तोक्यो तिहारमा फूल, माला बिक्री गर्ने ३२ स्थान (सुचिसहित)

काठमाडौं महानगरले तोक्यो तिहारमा फूल, माला बिक्री गर्ने ३२ स्थान (सुचिसहित)


  • 1.3K
    Shares

    • images
    काठमाडौं महानगरले तोक्यो तिहारमा फूल, माला  बिक्री गर्ने ३२  स्थान  (सुचिसहित)

    काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहार लक्षित फूल,माला बेच्नको लागि ठाउँ तोकेको छ ।

    तिहारमा घरघरमा नेपाली फूलको प्रयोग गरी स्वदेशी उत्पादनलाई प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्न महानगरभित्रका ३२ स्थानमा बिक्री वितरणको व्यवस्था मिलाइएको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिएका छन् । 

    नेपाली फूल सयपत्री, मखमली र गोदावरीलाई सहज र सुलभ मूल्यमा उपभोक्तासमक्ष पुर्‍याउन नयाँ बानेश्वर, तीनकुने चावहिल, कालिमाटी, पुतलिसडक, सुन्धारा लगायतका ३२ स्थानलाई बिक्री स्थल तोकिएको उनले बताएका छन् ।

    कार्तिक १ देखि ६ गतेसम्म सहज रूपमा स्वदेशी फूलको बिक्रिबितरणको व्यवस्था गरिएको महानगरले जानकारी दिएको छ । तिहारमा सहरी क्षेत्रमा झण्डै ४० लाख थान माला बिक्री हुने गरेको छ भने तिहारमा मात्रै करिब ३५ करोड भन्दा बढीको फूलको कारोबार हुने अनुमान रहेको छ ।

    558962977_777221788543007_4410979023384964596_n-1.jpg

    प्रकाशित मिति :आश्विन २४ २०८२ शुक्रवार - १३:२८:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij