Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

काठमाडौं महानगरले तोक्यो तिहारमा फूल, माला बिक्री गर्ने ३२ स्थान (सुचिसहित)

काठमाडौं महानगरले तोक्यो तिहारमा फूल, माला बिक्री गर्ने ३२ स्थान (सुचिसहित)


  • 820
    Shares

    काठमाडौं महानगरले तोक्यो तिहारमा फूल, माला  बिक्री गर्ने ३२  स्थान  (सुचिसहित)
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहार लक्षित फूल,माला बेच्नको लागि ठाउँ तोकेको छ ।

    तिहारमा घरघरमा नेपाली फूलको प्रयोग गरी स्वदेशी उत्पादनलाई प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्न महानगरभित्रका ३२ स्थानमा बिक्री वितरणको व्यवस्था मिलाइएको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिएका छन् । 

    नेपाली फूल सयपत्री, मखमली र गोदावरीलाई सहज र सुलभ मूल्यमा उपभोक्तासमक्ष पुर्‍याउन नयाँ बानेश्वर, तीनकुने चावहिल, कालिमाटी, पुतलिसडक, सुन्धारा लगायतका ३२ स्थानलाई बिक्री स्थल तोकिएको उनले बताएका छन् ।

    कार्तिक १ देखि ६ गतेसम्म सहज रूपमा स्वदेशी फूलको बिक्रिबितरणको व्यवस्था गरिएको महानगरले जानकारी दिएको छ । तिहारमा सहरी क्षेत्रमा झण्डै ४० लाख थान माला बिक्री हुने गरेको छ भने तिहारमा मात्रै करिब ३५ करोड भन्दा बढीको फूलको कारोबार हुने अनुमान रहेको छ ।

    558962977_777221788543007_4410979023384964596_n-1.jpg

    प्रकाशित मिति :आश्विन २४ २०८२ शुक्रवार - १३:२८:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij