२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ । कोरोना संक्रमणको कारण अहिले देशका अधिकांस जिल्लाहरूमा निषेधाज्ञा गरिएको छ ।
कुनै जिल्लामा दोस्रो देखि तेस्रो पटकसम्म निषेधाज्ञा थपिएको छ। काठमाडौं उपत्यका लगायत ६९ वटा जिल्लाहरूमा निषेधाज्ञा जारी गरिएको छ ।
बाँकेमा वैशाख १३ गतेबाट निषेधाज्ञा सुरु भएको थियो । त्यसपछि अन्य जिल्लाहरूमा पनि निषेधाज्ञा थपिँदै गयो । गृह मन्त्रालयका अनुसार सोमबार बिहान १० बजेसम्म ६९ वटा जिल्लामा आंशिक र पूर्णरुपमा निषेधाज्ञा गरिएको छ।
ओखलढुङ्गा, रसुवा, पाँचथरमा आज रातिबाट निषेधाज्ञा जारी गरिएको छ । मनाङ, मुस्ताङ, सोलुखुम्बु सहित ८ जिल्लाहरूमा भने निषेधाज्ञा लगाइएको छैन ।
पछिल्लो समय देशभर कोरोना संक्रमितको सङ्ख्या ह्वातै बढेको छ। दैनिक ८ हजार भन्दा बढी संक्रमित थपिएका छन् । मृत्यु दर पनि बढेर गएको छ । अस्पताल र अक्सिजन अभाव हुँदा संक्रमितले सहजै उपचार भएका छैनन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij