Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

यस्तो छ मनसुन प्रतिकार्य कमान्ड पोष्ट बैठकको ८ बुँदे निर्णय (सुचिसहित)

यस्तो छ मनसुन प्रतिकार्य कमान्ड पोष्ट बैठकको ८ बुँदे निर्णय (सुचिसहित)


  • 799
    Shares

    यस्तो छ मनसुन प्रतिकार्य कमान्ड पोष्ट बैठकको ८ बुँदे निर्णय (सुचिसहित)
    images

    काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा उत्पन्न मनसुनजन्य विपद् र त्यसबाट प्रभावित जनजीवनबारे छलफल गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन प्रतिकार्य कमान्ड पोष्टको बैठक आइतबार सिंहदरबारमा बसेको छ। 

    बैठकले राहत, उद्धार र पुनर्स्थापनासम्बन्धी ८ बुँदे निर्णय सार्वजनिक गरेको छ। प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा असोज १७ गतेदेखि परेको अविरल वर्षाबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

    बैठकले स्थानीय तहसँग समन्वय गरी मृतकका परिवारलाई मापदण्डअनुसार राहत उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिने निर्णय गरेको छ।

    त्यस्तै, मनसुनजन्य विपद् प्रभावितहरूका खोज, उद्धार, राहत तथा पुनर्स्थापना कार्यलाई निरन्तरता दिने निर्णय गरिएको छ। प्रारम्भिक क्षतिको आकलन, प्रभावित जनसङ्ख्या तथा क्षेत्रको विवरण यथाशीघ्र सङ्कलन गरी प्राधिकरणमा पठाउन सम्बन्धित निकायलाई अनुरोध गर्न पनि बैठकले निर्णय गरेको छ।

    अवरुद्ध सडकहरू तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन सडक विभागलाई पत्राचार गर्ने, अत्यावश्यक सेवा तथा यात्रुवाहक सवारीसाधनहरूको आवागमन स्थानीय प्रशासनबिचको समन्वयमा सुचारु गर्न निर्देशन दिइएको छ।

    553411192_1905087496717227_2460235937880800672_n_ranXWjVJtz.png



     

    प्रकाशित मिति :आश्विन १९ २०८२ आइतवार - १७:५९:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij