Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

सरकारको सक्रियताले मानवीय क्षति कम भयो, बीपी राजमार्ग ३-४ दिनभित्रै खोल्नेछौँ : मन्त्री घिसिङ

सरकारको सक्रियताले मानवीय क्षति कम भयो, बीपी राजमार्ग ३-४ दिनभित्रै खोल्नेछौँ : मन्त्री घिसिङ


  • 1.1K
    Shares

    सरकारको सक्रियताले मानवीय क्षति कम भयो, बीपी राजमार्ग ३-४ दिनभित्रै खोल्नेछौँ : मन्त्री घिसिङ
    images

    काठमाडौं । सहरी विकास मन्त्री कुलमान घिसिङले पछिल्लो दुई दिनको अविरल वर्षा र बाढीका कारण भौतिक क्षति भए पनि मानवीय क्षति नभएको बताएका छन् ।

    आइतबार पत्रकार सम्मेलन गर्दै मन्त्री घिसिङले विपद् व्यवस्थापनमा सरकारले अपनाएको सावधानी र सक्रियता, सूचना प्रवाहले मानवीय क्षति नभएको बताएका हुन् ।

    मन्त्री घिसिङले भने, ‘सरकारको सतर्कतका कारण बाढीका कारण मानवीय क्षति भएको छैन् । इलाममा ३५१ मिलिमिटरको पानी परेर अतिवृष्टि भएको छ । जसले गर्दा पहिरोमा परेर मानवीय क्षति हुन पुगेको छ । त्यो बाहेक अन्त क्षति भएको छैन्,’ ।

    यद्यपि उनले इलाममा पहिरो गएर मानवीय क्षति भएको बताएका छन् । इलाममा अतिवृष्टिका कारण बस्तीमा पहिरो जाँदा मानवीय क्षति भएको मन्त्री घिसिङको भनाइ रहेको छ । उनले सडक भत्किएर वा बगाएर मानवीय क्षति नभएको दाबी गरेका छन् ।

    ‘नदी नजिकको बस्ती बगाएर अथवा सडक भत्किएर कुनै पनि क्षति भएको छैन’,मन्त्री घिसिङ अवरुद्ध सडकहरू तत्कालै खोलिने बताएका छन् ।

    मन्त्री घिसिङले भने, ‘बीपी राजमार्गको नेपालथोकको अवरुद्ध सडकलाई तत्कालै खोल्नेछौँ । काम शुरू गरिसकेका छौँ । तीन-चार दिनभित्रमा खोल्ने कुरा भएको छ । त्यो भन्दा छिटो सडक खोल्नेछौँ ।’

    प्रकाशित मिति :आश्विन १९ २०८२ आइतवार - १५:३६:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij