Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

ट्रम्पको नयाँ आदेशपछि टिकटक अमेरिकी नियन्त्रण सहयोगी लगानीकर्ताको हातमा

ट्रम्पको नयाँ आदेशपछि टिकटक अमेरिकी नियन्त्रण सहयोगी लगानीकर्ताको हातमा


  • 855
    Shares

    ट्रम्पको नयाँ आदेशपछि टिकटक अमेरिकी नियन्त्रण सहयोगी लगानीकर्ताको हातमा
    images

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको अमेरिकी संस्करणका लागि नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन् । सो अनुसार एपको नियन्त्रण उनको राजनीतिक र व्यावसायिक सहयोगीहरूले सम्हाल्नेछन् ।

    यस सम्झौतापछि अमेरिकाभित्र टिकटकको चिनियाँ स्वामित्व २० प्रतिशतमा सीमित हुनेछ । चीनले भने शुक्रबार प्रतिक्रिया दिँदै यस विषयमा ‘खुला र निष्पक्ष’ व्यवहारको आह्वान दोहोर्‍याएको छ ।

    एक करोड ७० लाखभन्दा बढी अमेरिकी प्रयोगकर्तासहित टिकटक विश्वकै लोकप्रिय छोटो भिडियो प्लेटफर्ममध्ये एक हो । तर चिनियाँ मूल कम्पनी बाइटडान्सको स्वामित्वले अमेरिकामा राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ता बढाएको छ, जसका कारण वासिङ्टनले अमेरिकी सञ्चालनको नियन्त्रण लिन दबाब दिएको हो ।

    ह्वाइट हाउसमा भएको हस्ताक्षर समारोहमा ट्रम्पले एपको अमेरिकी संस्करण ‘उच्च स्तरका लगानीकर्ताहरू’ अर्थात् उनका नजिकका सहयोगीहरूको समूहले सञ्चालन गर्ने बताए । उनका अनुसार एप राजनीतिक दृष्टिले कुनै पनि धारमा झुक्नेछैन ।

    लगानीकर्ताहरूमा ओरेकलका संस्थापक ल्यारी एलिसन, टेक उद्यमी माइकल डेल र मिडिया टाइकुन रुपर्ट मर्डोक सामेल छन् । साथै, सिल्भर लेक म्यानेजमेन्ट र सिलिकन भ्यालीको शक्तिशाली लगानी संस्था एन्ड्रिसन होरोविट्ज पनि सम्झौतामा छन् ।

    प्रकाशित मिति :आश्विन १० २०८२ शुक्रवार - १६:३८:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij