२०८२ भाद्र २ गते सोमवार
गोरखा । गोरखाका तीन स्थानीय तहमा आइतबार थप ५५ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लाको भिमसेन थापा गाउँपलिकामा १८ जना पुरुष र १३ जना महिलासहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पालुङटार नगरपलिकामा ८ जना महिला र ५ जना पुरुष गरि १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायणबाबु अर्यालले जानकारी दिए ।
त्यस्तै शहिदलखन गाउँपलिकामा ७ जना पुरुष र ४ जना महिला गरि ११ जनामा कोरोना संक्रमण देखिएको अर्यालले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij