२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच आज फोन वार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री कार्कीले भारतीय समकक्षीसँग कुराकानी गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दुई जनाको बिचमा लगभग आधा घण्टा जति कुराकानी भएको छ । कुराकानीको क्रममा पछिल्लो घटनाक्रमका कारण देशले भोगको क्षतिप्रति आफू दुखी रहेको भन्दै प्रधानमन्त्री मोदीले नेपाल सरकारलाई यस अवस्थामा हरेक प्रकारको सहयोग दिन तयार रहेको धारणा राखेको छ ।
प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री कार्कीले जन्मदिनको शुभकामना दिँदै साथ सहयोगको अपेक्षा गरेको बताइएकी थिइन् ।
प्रधानमन्त्री मोदीले फोन वार्ताबारे जानकारी दिँदै ट्विटमा लेखेका छन्, ‘अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग न्यानो कुराकानी भयो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij