२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । धादिङमा बलात्कार पीडित युवतीको उपचारको क्रममा मृत्यु भएको छ । भदौ २५ मा निलकण्ठमा दिदीको घरमा जाँदा २९ वर्षीया महिलामाथि बलात्कार भएको थियो ।
स्वास्थ्य समस्या भएपछि परिवारले उनलाई जिल्ला अस्पताल धादिङमा भर्ना गरेर उपचार गराउँदै थिए । शरीरमा रगतको मात्रा कम भएर बुधवार पीडित युवतीको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
बलात्कारमा संलग्न आरोपी फरार रहेका छन् । आरोपीको पहिचान खुलेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमालले जानकारी दिएका छन् । पीडित युवतीका आफन्तहरूले अस्पतालको तापरवाहीका कारण उनको मृत्यु भएको दाबी गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij