Logo

२०८२ फाल्गुण २१ गते बिहिवार

२०८२ फाल्गुण २१ गते बिहिवार

टर्कीद्वारा राष्ट्रव्यापी कारबाहीमा १.१ टनभन्दा बढी लागुऔषध, २.७ मिलियन चक्की बरामद

टर्कीद्वारा राष्ट्रव्यापी कारबाहीमा १.१ टनभन्दा बढी लागुऔषध, २.७ मिलियन चक्की बरामद


  • 1.1K
    Shares

    टर्कीद्वारा राष्ट्रव्यापी कारबाहीमा १.१ टनभन्दा बढी लागुऔषध, २.७ मिलियन चक्की बरामद

    काठमाडौं । टर्की प्रहरीले विगत दुई हप्तामा ७४ प्रान्तहरूमा गरिएको कारबाहीमा १.१८३ टन लागुऔषध र २.७९ मिलियन लागुऔषध चक्की बरामद गरेको देशका गृहमन्त्री अली येर्लिकायाले मंगलवार बताए । छापा मार्ने क्रममा कुल १ हजार ८ सय ११ संदिग्धहरूलाई हिरासतमा लिइएको मन्त्रीले बताए। 

    येर्लिकायाले इस्तानबुल, अंकारा र इज्मिर लगायत प्रमुख शहरहरूमा २ हजार ७ सय ५ टोली, ६ हजार ७ सय ६० कर्मचारी र २१ विमान संलग्न रहेको बताए । मन्त्रीले लागुऔषध विरुद्धको लडाई युवाहरूको सुरक्षा गर्ने उद्देश्यले गरिएको कुरामा जोड दिए।

    एसिया र युरोपको चौबाटोमा अवस्थित टर्किएले लामो समयदेखि अन्तर्राष्ट्रिय लागुऔषध तस्करीसँग संघर्ष गर्दै आएको छ । टर्कीका सुरक्षा बलहरूले लागुऔषध दुरुपयोग र तस्करी विरुद्ध लड्न नियमित रूपमा अभियान सञ्चालन गर्छन् ।

    प्रकाशित मिति :आश्विन १ २०८२ बुधवार - ११:४८:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij