Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

यसपालि दशैंको अग्रिम टिकट बुकिङ नखुल्ने

यसपालि दशैंको अग्रिम टिकट बुकिङ नखुल्ने


  • 645
    Shares

    यसपालि दशैंको अग्रिम टिकट बुकिङ  नखुल्ने
    images

    काठमाडौं । यस वर्ष दशैंको लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ ।

    यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीहरुबीच आज भएको छलफलमा यस वर्ष दशैंको लागि अग्रिम टिकट बुकिङ नखुलाउने निर्णय गरेको हो ।

    आन्दोलनपछि  लगाएको कर्फ्यु हटेपछि तीन अघिदेखि टिकट काटेर सेवा सुरु भइसकेकाले यस वर्ष अग्रिम टिकट बुकिङ नखुलाउने निर्णय भएको यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले बताए ।

    ‘विद्यालय स्कुल बन्द भइसकेकाले धेरै मानिसहरु घर जान थालेकाले यस वर्ष अग्रिम टिकट बुकिङ नखुलाउने सहमति भएको छ ।’ उनले नेपालप्रेससँग भने ।

    यसपालि चाडपर्वमा यातायात सहज हुने उनले बताए । अहिलेसम्म सडकको अवस्था सहज रहेको उनको भनाइ छ। सरकारले दशै‌ंमा  घर जाने सर्वसाधरणको लागि अग्रिम टिकट खुलाउँदै आएको थियो ।

    प्रकाशित मिति :भाद्र ३१ २०८२ मंगलवार - १३:४४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij