२०८२ आश्विन २८ गते मंगलवार
काठमाडौं । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले आफूलाई माननीय नभन्न आग्रह गरेका छन् । सोमबार मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री घिसिङले यस्तो बताएका हुन् ।
‘हामी माननीय होइनौँ, सेवा गर्न आएका हौ । माननीय भन्ने शब्द कसैले प्रयोग नगर्दिनुहोला’, मन्त्री घिसिङले आग्रह गरेका छन् ।
देशलाई सही दिशातिर लान,समृद्धि र राजनीतिक स्थिरतातिर अघि बढाउनुपर्ने ठुलो चुनौतीलाई स्वीकारेर जिम्मेवारीमा आएको पनि मन्त्री घिसिङले बताएका छन् ।
पदभार ग्रहण गर्दै उनले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइनको बक्यौता रकम उठाउने पहिलो निर्णय समेत गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij