२०८२ आश्विन २८ गते मंगलवार
प्रधानमन्त्री सुशीला कार्कीले गृह र कानुन मन्त्रालयको जिम्मेवारी ओमप्रकाश अर्याललाई दिएकी छन्। लामो समयदेखि अधिवक्ता अर्याल अर्याल नागरिक अधिकार र सुशासनका अभियानमा पनि सक्रिय छन्।
अर्याल एक निष्ठावान् कानुन व्यवसायीका रुपमा परिचित छन्। उनले लोकमानसिंह कार्कीको नियुक्ति बदर, गिरिबन्धु टी स्टेटको नीतिगत भ्रष्टाचार प्रकरण, संसद विघटनलगायत चर्चित प्रकरणहरूमा सार्वजनिक सरोकारको रिट दायर गरी विधिशास्त्रमा महत्त्वपूर्ण योगदान गरेका छन्।
गुल्मीको इस्मा घर भएका उनी पछिल्लो समय काठमाडौँ महानगरपालिकाका कानुनी सल्लाहकार पनि थिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij